Deposits & Savings

बचत परिचालन तथा प्रकारहरु

अनिवार्य बचत

  1. समुह बचत
    1. कार्यक्रममा संलग्न प्रत्येक सदस्यहरुले केन्द्र बैठकमा जम्मा गरेको बचत समुह बचतमा रहनेछ ।
    2. समुह बचत रकमको हिसाब बचतकर्ताको नाममा बेग्ला बेग्लै देखिने गरी राखिनेछ ।
    3. सदस्यहरुले मासिक केन्द्र बैठकमा सदस्य रहिन्जेलसम्म अनिवार्य रुपमा रु. २०० का दरले मासिक रुपमा बचत गर्नुपर्दछ ।
    4. समुहका कुनै सदस्य समुह केन्द्रमा आबद्ध नरहेमा निजले वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा, ब्याज तथा अन्य रकम चुक्ता गरे पश्चात मात्र निजको बाँकी समुह बचत रकम फिर्ता दिइनेछ ।
    5. यस बचतमा वार्षिक ७.५% का दरले ब्याज दिइनेछ । सो ब्याज दरमा हेरफेर हुन सक्नेछ ।

ऐच्छिक बचत

  1. व्यक्तिगत बचत
    1. समुह सदस्यहरुले चाहे अनुसारको रकम केन्द्र बैठकमा वा कार्यालयमा आई राख्न वा झिक्न सक्नेछन् ।
    2. यस बचतको हिसाब सदस्यको नाममा बेग्ला बेग्लै देखिने गरी राखिनेछ । यस बचत खातामा न्युनतम मौज्दात रु. १०० राख्नुपर्नेछ ।
    3. व्यक्तिगत बचतमा वार्षिक ७.५% ब्याज दिइनेछ । ब्याजदर समय समयमा हेरफेर हुन सक्नेछ ।
  2. व्यक्तिगत Nominee बचत
    1. गैर सदस्यहरुले चाहे अनुसारको रकम कार्यालयमा आई राख्न वा झिक्न सक्नेछन् ।
    2. यस बचतको हिसाब सदस्यको नाममा बेग्ला बेग्लै देखिने गरी राखिनेछ । यस बचत खातामा न्युनतम मौज्दात रु. १०० राख्नुपर्नेछ ।
    3. व्यक्तिगत बचतमा वार्षिक ७.५% ब्याज दिइनेछ । ब्याजदर समय समयमा हेरफेर हुन सक्नेछ ।
  3. आशा गृहिणी बचत
    1. समुह सदस्यहरुले रु. २०० बाट केन्द्र बैठकमा वा कार्यालयमा आई यो खाता खोल्न सक्नेछन् ।
    2. यो बचतमा प्रत्येक केन्द्र बैठकमा न्युनतम रु. १०० का दरले बचत गर्नुपर्नेछ ।
    3. बचतको रकम सदस्य निष्कासन भएको बखतमा मात्र निष्कासन गर्न पाइनेछ ।
    4. आशा गृहिणी बचतमा वार्षिक ७.५% का दरले ब्याज दिइनेछ । ब्याजदर समय समयमा हेरफेर हुन सक्नेछ ।
  4. पेन्सन बचत
    1. समुह सदस्यले आफ्नो अवकास अवधिको लागि पेन्सन बचतको रुपमा १० (दश) वा १५ (पन्ध्र) वर्ष अवधिका लागि कुनै निश्चित रकम प्रत्येक केन्द्र बैठकमा नियमित रुपले गर्ने गरी सहभागी हुन सक्नेछन् ।
    2. वित्तीय संस्थाको सदस्य रहुन्जेल सम्म अनिवार्य रुपमा न्युनतम रु. २०० तथा अधिकतम रु. ५००० का दरले मासिक बचत गर्नुपर्दछ ।
    3. १० वर्ष अवधिको लागि जम्मा भएको रकम १० वर्ष पुगे पछि नजिले जम्मा गरेको रकममा डेढी (५० प्रतिशतले हुने थप रकम समेत) र १५ वर्ष अवधिको लागि जम्मा गरेको रकममा १५ वर्ष पुगेपछि निजले जम्मा गरेको रकम दोब्बर (१०० प्रतिशतले हुने थप रकम समेत) एकमुष्ठ रकममा नियमानुसार सो बचतमा लागेको तथा लाग्ने कर रकम कट्टा गरी निजलाई दिइनेछ ।
    4. यस बचतमा कुनै पनि सदस्यले नियमित रुपमा रकम नबुझाएमा वा तोकिएको अवधि भन्दा अगावै रकम झिक्न चाहेमा निजले जम्मा गरेको रकम र सो रकममा वार्षिक ७.५% ले हुने ब्याज रकममा लाग्ने कर रकम कट्टी गरी हुने रकम मात्र निजलाई दिइनेछ ।
    5. पेन्सन बचतमा वार्षिक १३.५% का दरले ब्याज दिइनेछ ।
  5. सुनौलो व्यवसायिक बचत
    1. समुहमा आबद्ध व्यवसायीहरुले दैनिक रुपमा यो बचतमा रकम राख्न तथा झिक्न सक्नेछन् ।
    2. यस बचतको हिसाब सदस्यको नाममा बेग्ला बेग्लै देखिने गरी राखिनेछ । सो बचत खातामा न्युनतम रु. ५०० राख्नुपर्नेछ ।
    3. यस बचतमा वार्षिक ९% का दरले ब्याज दिइनेछ । ब्याजदर समय समयमा हेरफेर हुन सक्नेछ ।
  6. आशा बाल बचत
    1. सदस्यहरुको छोराछोरीको भविष्यको लागि सदस्यहरुले यो बचत खाता संचालन गर्न सक्नेछन।
    2. यो खाता संचालन गर्दा रु २००/- बाट सुरु गर्न सकिनेछ भने सदस्यको छोराछोरीको दक्षिण ,दान दातब्य आदिबाट प्राप्त रकम समेत यस खातामा जुनसुकै समयमा जम्मा गर्न सकिनेछ।
    3. यो बचत सदस्यको छोराछोरीले १०+२ अध्यन गर्नको लागि वा १५ बर्ष टेकेपछि जुन पहिला पुग्छ सो समयमा एकमुष्ट फिर्ता दिइनेछ।
    4. यस खातामा वार्षिक ७.५% ब्याज प्रदान गरिनेछ ।
  7. बीमा बचत
    1. वित्तीय संस्थाले आप्mना ऋणी सदस्यहरुलाई जीवन बीमा गर्न अभिप्रेरीत गर्ने उद्देश्यले यो बचत खाता संचालन गरिएको छ ।
    2. यो खाता संचालन गर्दा रु. १०० न्युनतम मौज्दात राख्नुपर्नेछ ।
    3. यो बचत खाता संचालन गर्ने सदस्यको वित्तीय संस्थाले आफु अभिकर्ता भई वा स्वयं सदस्यको इच्छा अनुसारको बीमा कम्पनी छनौट गरी बीमा गर्ने व्यवस्था मिलाइनेछ ।
    4. यो खातामा इच्छा अनुसारको रकम जम्मा गर्न सकिनेछ भने रकम झिक्दा सकभर प्रिमियम बुझाउने समयमा मात्र झिक्न सकिनेछ ।
    5. यो खातामा वित्तीय संस्थाले वार्षिक ७.५% ब्याज प्रदान गरिनेछ
  8. केन्द्र कोष बचत
    1. केन्द्रबाट संचालन हुने गरी यस वित्तीय संस्थामा आबद्ध सम्पुर्ण सदस्यहरुले यस कोषमा केन्द्र स्थापना गर्दा रु १००/- तथा कम्तिमा मासिक रुपमा रुपमा १०/- जम्मा गर्नुपर्नेछ । केन्द्रको निर्णयबाट संकलित, चन्दा तथा अन्य सामुहिक रकम र दण्ड, जरिवाना आदि केन्द्र कोष बचतमा राख्न सकिनेछ ।
    2. यस बचतको संचालन केन्द्र बैठकको निर्णयको आधारमा केन्द्र प्रमुखबाट हुनेछ । यस कोषको हिसाब यस कोषलाई सामाजिक कार्य, गोष्ठीहरु तथा अन्य कार्यको लागि सम्पुर्ण सदस्यहरुको निर्णय गराई निकाल्न सकिनेछ ।
    3. यस बचतमा वार्षिक ७.५% का दरले ब्याज दिइनेछ ।