काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लि. भदौ १५ गते तेश्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थालेविभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
तेश्रो बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय संस्थाद्वारा ककनी-६, नुवाकोटमा निमार्णाधीन रहेको मानेडाँडा मरण पाटी निर्माणार्थ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा स्थानीय निकायका प्रतिनिधि, बासिन्दा, तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सो अवसरमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले वित्तीय संस्थाले तेश्रो बर्ष पार गरी चौथो बर्षमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, सम्पुर्ण कर्मचारीहरु लगायत स्थानिय समुदायलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा राखे ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा विद्यालयका अध्यक्ष ज्ञानबहादुर लामा, वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्री एवं शाखा कार्यालय मदानपुरका प्रबन्धक बन्धना पौडेल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो। वित्तीय संस्थाका देशभरी रहेका ५५ वटा शाखा कार्यालयहरुमा पनि तेश्रो वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।
हाल संस्थाले आफ्ना ४६ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै रु. १ अर्ब ९७ करोड भन्दा बढी कर्जा प्रवाह गर्नुका साथै ५१ करोड निक्षेप संकलन गरेको जनाएको छ ।