आशा लघुवित्त (ALBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरणको घोषणा गरेको छ। लघुवित्तले चुक्ता पूँजीको १२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव गरेको छ ।
लघुवित्तको साउन ३१ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीले प्राप्त गर्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ। उक्त बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ।