आशा लघुवित्तको सीईओमा दुलाल नियुक्त

आशा लघुवित्तको सीईओमा दुलाल नियुक्त

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रम्ुख कार्यकारी अधिकृत(सीईओ)मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले दुलाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई भदौ १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनी कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

आशा लघुवित्तको सीईओमा दुलाल नियुक्त