आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त

आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बद्री प्रसाद दुलाललाई नियुक्त गरेको छ ।

संस्थाको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत दुलाललाई सीईओमा नियुक्त गरेको हो ।

दुलाललाई भदौ १६ गते(आज)देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार (४) वर्ष कार्यकालको लागि नियुक्ति गरिएको संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त